मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालीन अवतरण
पाेखरा | भदौ १९, २०७९
पोखरा : आइतबार बिहान पोखराबाट मुुस्ताङको जोमसोमका लागि उडको समिट एयरको जहाजमा समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ ।
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार ७ बजेर ५९ मिनेटमा मुुस्ताङको जोमसोम उडेको जहाज पोखराका आकाशमा एक फन्को मारेर ७ मिनेटपछि आपतकालीन अवतरण भएको हो ।
उडेको केहीबेरमै पाइलटले इन्डिकेसनमा प्रोब्लम (खराबीको संकेत)को जनाउ पोखरा विमानस्थलको टावरलाई दिएका थिए । तत्कालै पाइलटले दाहिने इन्जिन अफ गरी पोखरा विमानस्थलमै जहाज अवतरण गराएका हुन् । ‘सामान्य खालकै अवतरण भएको हो, ग्राउन्डमा अरु त्यस्तो आपतकालीन तयारी पनि गर्नुपरेको होइन,’ सूचना अधिकारी सुवेदीले भने । उक्त जहाजमा १८ जना यात्रु थिए ।
जहाजमा ठूलै खराबी देखिँदा विमानस्थलमा दमकल लगायतको तयारीसहित आपतकालीन तैनाथी गरिन्छ । तर समिटका हकमा त्यसो गर्नुपरेको थिएन । पाइलटले त्यस्तो कुनै तैनाथी आवश्यक नपर्ने जनाउ पनि टावरलाई गराएका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

